
डडेल्धुरामा मातृ शिशु मृत्युदर घटाउन ‘सुसार’ कार्यक्रम
नेपालमा हरेक वर्ष ६ लाख बच्चा जन्मन्छन् । तीमध्ये ११ हजार शिशु मृत अवस्थामा जन्मन्छन् भने करिब १३ हजार नवजात शिशु जन्मेको एक महिना नपुग्दै मर्छन्। करिब १७ प्रतिशत शिशु जन्मेको पहिलो घन्टामा, ५७ प्रतिशत शिशु जन्मेको पहिलो दिनमा र ७९ प्रतिशत जन्मेको पहिलो हप्तामा मर्ने गर्छन् । नवजात शिशु मृत्युको कारणमध्ये महिना नपुगी जन्मनु (३१ प्रतिशत) जन्मनासाथ श्वास फेर्न नसक्नु (२३ प्रतिशत) तथा संक्रमण हुनु (१९ प्रतिशत) प्रमुख रहेको संस्थाले जनाएको छ ।
सरकारले हाल रहेको नवजात शिशु मृत्युदर प्रतिहजार २१ लाई सन् २०३० सम्ममा प्रतिहजार जीवित जन्ममा १२ र मृत जन्मने शिशुको दर प्रतिहजार जन्मलाई १३ मा घटाउने लक्ष्य अघि सारेकोे छ । सुसार कार्यक्रम ७ प्रदेशका ८ वटा सरकारी अस्पतालमा सञ्चालन भइरहेको छ । यो कार्यक्रम सुदूरपश्चिमका डडेल्धुरा र सेती अस्पतालमा लागू भएको छ ।
कार्यक्रममा अस्पतालको वितरणसहितको जानकारी प्रस्तुत गर्दै निमित्त मेसु डा.जगदीशचन्द्र विष्टले मातृ तथा नवजात शिशु स्याहार, गुणस्तर सुधारका लागि चाहिने सिप र प्रविधिलाई प्रयोगमा ल्याइ प्रसूति समयको जटिलतालाई गुणस्तरीय व्यवस्थापनमा प्रभावकारी भएको बताएका छन् । सुसार कार्यक्रमले प्रसूति सेवालाई प्रभावकारी ढंगले निगरानी गर्न, सेवा प्रदान गर्न तथा समयमा नै उचित निर्णय लिन स्वास्थ्यकर्मीलाई सशक्त बनाएको अस्पतालका उनको भनाइ थियो ।